२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने


सञ्चार डबली
  • शुक्रबार, चैत २० २०८२
  • 5.8K
    SHARES

  • कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने


    काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने ।

    रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले बताए ।

    नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ । सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend