२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकलाई आग्रह: प्यान र इमेल विवरण तुरुन्त अद्यावधिक गर्न अनुरोध


सञ्चार डबली
  • बुधबार, चैत १८ २०८२
  • 3.0K
    SHARES

  • एनआईसी एशिया बैंकका ग्राहकलाई आग्रह: प्यान र इमेल विवरण तुरुन्त अद्यावधिक गर्न अनुरोध
    काठमाडौं- NIC Asia Bank ले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातासम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। बैंकले विशेषगरी स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अनिवार्य रूपमा अद्यावधिक गर्न अनुरोध गरेको हो।

    बैंकका अनुसार हाल खातामा रहेको ग्राहक विवरण अपूर्ण हुँदा करसम्बन्धी प्रक्रिया, विशेषगरी सरकारद्वारा लागू गरिएको E-TDS (Electronic Tax Deducted at Source) प्रणालीमा समस्या उत्पन्न भइरहेको छ। आन्तरिक राजस्व विभागबाट जारी गरिएको PAN प्रणालीमा आबद्ध हुनका लागि सबै ग्राहकहरूले आफ्नो PAN विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।

    बैंकले ग्राहकहरूलाई अनलाइन तथा मोबाइल बैंकिङमार्फत सजिलै विवरण अपडेट गर्न सकिने सुविधा उपलब्ध गराएको छ। ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल panupdate.nicasiabank.com वा NIC ASIA MoBank प्रयोग गरी “PAN Update” विकल्पमार्फत आफ्नो PAN विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, आवश्यक परेमा नजिकैको शाखा कार्यालयमा उपस्थित भएर पनि विवरण सच्याउन सकिने व्यवस्था गरिएको छ।

    इमेल ठेगाना अद्यावधिकका लागि पनि बैंकले ग्राहकहरूलाई आफ्नो खातामा लिंक गरिएको मोबाइल एप प्रयोग गर्न वा बैंकको वेबसाइट www.nicasiabank.com/np मा गई “My Profile” अन्तर्गत “Change Email” विकल्प प्रयोग गर्न सुझाव दिएको छ।

    बैंकले स्पष्ट पारेअनुसार, PAN विवरण अद्यावधिक नभएको अवस्थामा ग्राहकहरूको करसम्बन्धी विवरण E-TDS प्रणालीमा सही रूपमा प्रविष्ट नहुने र भविष्यमा कर प्रमाणपत्र प्राप्त गर्न कठिनाइ हुनसक्छ। यसले गर्दा ग्राहकहरूलाई अनावश्यक झन्झट तथा ढिलाइ हुन सक्ने भएकाले समयमै विवरण अद्यावधिक गर्न बैंकले जोड दिएको छ।

    ग्राहक सहायताका लागि बैंकले सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएको छ र आवश्यक परामर्शका लागि नजिकैको शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend