२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गभर्नर पौडेललाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाएपछि...


सञ्चार डबली
  • मंगलबार, चैत १७ २०८२
  • 2.9K
    SHARES

  • गभर्नर पौडेललाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाएपछि...

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई सिंहदरबार बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणामा मंगलबार बिहान गभर्नर पौडेल सिंहदरबार गएका उनको सचिवलायले जनाएको हो । 

    तर, भेटवार्तामा प्रधानमन्त्री र गभर्नरबीच के विषयमा छलफल भएको थियो सो भने जानकारी नदिइएको सचिवालयको भनाइ छ । 

    शुक्रबार प्रधानमन्त्रीको शपथ लिएका बालेनले चौथो दिनमा केन्द्रीय बैंकको प्रमुख (गभर्नर)सँग भेटवार्ता गरेका हुन् । खासगरी मुलुकको वित्तीय क्षेत्र, केन्द्रीय बैंकले लिने मौद्रिक नीति र अरु आर्थिक सुधारका विषयमा प्रधानमन्त्रीले गभर्नरसँग चासो राखेको बुझिएको छ । 

    साथै, राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरको नियुक्तिको विषयसँगै सरकारको स्प्रीड अनुसार केन्द्रीय बैंकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्री बालेन शाहले गभर्नर पौडेलसँग ब्रिफिङ लिएको हुन सक्ने उनको सचिवालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend