२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय


सञ्चार डबली
  • आइतबार, चैत १५ २०८२
  • 3.2K
    SHARES

  • images
    प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन्। 

    आइतबार शिक्षामन्त्री पोखरेलले आउँदो वैशाख १ गतेदेखि ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनाएका छन्। उनका अनुसार, ब्रिज कोर्स बन्द गराउने चैत १३ मा मन्त्रीस्तरबाट निर्णय भएको हो। 

    त्यस्तै, विद्यालयका तहका विभन्नि कक्षा र उच्च शिक्षका विभिन्न तहका भर्नालाई लक्षित प्रवेश परीक्षा तयारी कक्षा पनि बन्द गर्ने निर्णय भएको छ। प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सले वद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्ने गरेको मन्त्रालयको ठहर छ। 

    आउँदो वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गरेमा कारबाही गरिने जनाइएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिन्छ।’

    sasmit-1_2UfNue0oYP.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend