२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पूर्व प्रधानमन्त्री ओली पक्राउ, उनकै गाडीमा राखेर प्रहरी परिसर भद्रकाली लगियो


सञ्चार डबली
  • शनिबार, चैत १४ २०८२
  • 3.3K
    SHARES

  • पूर्व प्रधानमन्त्री ओली पक्राउ, उनकै गाडीमा राखेर प्रहरी परिसर भद्रकाली लगियो

    काठमाडौँ । प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । उनलाई आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ गरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर पुर्याइएको छ । 

    गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।

    ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।

    भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend