२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

रास्वपाले टुंग्याउन थाल्यो मन्त्रीः अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ 


सञ्चार डबली
  • शुक्रबार, चैत १३ २०८२
  • 5.1K
    SHARES

  • रास्वपाले टुंग्याउन थाल्यो मन्त्रीः अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ 

    काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ ।

    यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।  ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको स्रोतले जनाएको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।’

    सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

    मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।
    आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend