२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मन्त्रीको नाम टुंग्याउन रवि–बालेन छलफलमा, यी नाम छन् चर्चामा


सञ्चार डबली
  • बिहीबार , चैत १२ २०८२
  • 4.1K
    SHARES

  • मन्त्रीको नाम टुंग्याउन रवि–बालेन छलफलमा, यी नाम छन् चर्चामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन्।

    बिहीबार संघीय संसद सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा बसेका हुन्।

    उनीहरूबीच बुढानीलकण्ठस्थित रविको निवासमा छलफल भइरहेको स्रोतले बतायो। रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ।

    उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ। त्यस्तै, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतको नाम चर्चामा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend