काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् । उनी सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हुन् ।
किराती संस्कृतिमा यसलाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

