२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई ‘इन्स्योरेन्स विधा अवार्ड’ बाट सम्मानित


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 2.7K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई ‘इन्स्योरेन्स विधा अवार्ड’ बाट सम्मानित

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो ।

    प्रमुख कार्यकारी अधिकृत प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

    शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित गरेका हुन् । कोशी प्रदेशमा जन्मिइ कोशी प्रदेशको नाम उच्च राख्न सफल देश विदेशमा रही विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend