२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सरकार गठनको प्रक्रियामा जुटे रास्वपाका शीर्ष नेताहरू


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 2.9K
    SHARES

  • सरकार गठनको प्रक्रियामा जुटे रास्वपाका शीर्ष नेताहरू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू सरकार गठनको छलफलमा जुटेका छन् । उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिएका छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमा शीर्ष नेताबीचको तस्वीर पोस्ट गर्दै उनले छलफलमा जुटेको उल्लेख गरेका हुन् । ‘राजकाज । आज साँझको छलफल’ सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र आफू सहभागी तस्वीर पोस्ट गर्दै उनले लेखेका छन् ।

    राजधानीकै एक होटलमा सरकार गठनको प्रक्रियाको विषयमा उनीहरूले छलफल गरेका हुन् । निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

    दुई तिहाइ हाराहारीको दल रास्वपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । निर्वाचन आयोगले बिहीबार नै समानुपातिकतर्फबाट विजयी हुने सांसदलाई प्रमाणपत्र वितरण गरेको थियो ।

    रास्वपाले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने बाटो खोल्ने तयारी गरेको छ । चुनाव अघि रास्वपाले बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

    एकल बहुमत प्राप्त गरेपछि रास्वपाले एकल सरकार बनाउँदैछ । सरकारमा सहभागी हुने अर्थ, गृहसहितका प्रभावशाली मन्त्रालयमा कसलाई पठाउने भन्नेमा शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । अर्थमा वाग्ले र गृहमा अर्यालकाे नाम चर्चामा छ । यस्तै परराष्ट्रमा शिशिर खनालकाे नाम चर्चामा रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend