२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 4.2K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग

     

    काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति समेत जनाए ।

    विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई बधाई ज्ञापन समेत गरियो ।

    कार्यक्रममा प्रमुख संरक्षक होमप्रसाद अधिकारीले हालै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक बहुमतसहित विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई बधाई दिँदै देशमा स्थिर सरकार निर्माण भएकोमा खुशी व्यक्त गरे । उनले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि तयार गरिएको १७ बुँदे सुझाव पार्टी नेतृत्वलाई बुझाइसकेको जानकारी गराए ।

    त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै छिमेकी देश भारतमा मूल्य नबढ्दा पनि नेपालमा पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ वृद्धि गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले नेपाल आयल निगमलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्दै पर्याप्त इन्धन भण्डारण गर्नुपर्नेमा जोड दिए ।

    ऊर्जा आत्मनिर्भरतातर्फ ध्यानाकर्षण गराउँदै उनले दैलेखमा रहेको इन्धन खानीलाई शीघ्र सञ्चालनमा ल्याउन सरकार तथा मित्रराष्ट्र चीनसँग पहल गर्न आग्रह गरे । यसबाट विदेशी मुद्रा बचत हुने र दीर्घकालीन समाधान प्राप्त हुने उनको भनाइ थियो ।

    साथै, देशमा बढ्दो प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले कर तथा भन्सार नीतिमा छुट र सुधार गरी सवारी आयात प्रक्रिया सहज बनाउन सरकारसँग माग गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend