२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शपथ अनिश्चित, फेरि पुस्तक बिक्रीमा लागे महावीर पुन


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 3.1K
    SHARES

  • शपथ अनिश्चित, फेरि पुस्तक बिक्रीमा लागे महावीर पुन


    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट नवनिर्वाचित सांसद महावीर पुन फेरि सडक किनारमा आफ्नो आत्मकथा बेच्न ओर्लिएका छन्। पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएको सन्दर्भमा, मेयर धनराज आचार्यको सुझाव बेवास्ता गर्दै पुनले आफ्नो अभियान जारी राख्ने बताएका हुन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले शपथ ग्रहणको टुंगो नलागेकाले आफू फुर्सदिलो रहेको र त्यसैले सडकमा किताब बेच्न लागेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु।”

    यसअघि मेयर आचार्यले कानुनको हवाला दिँदै पुनलाई सडकमा बसेर पुस्तक नबेच्न आग्रह गरेका थिए। तर पुनले व्यङ्ग्यात्मक शैलीमा जवाफ दिँदै भने, “अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला।”सांसदको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया ढिलाइ हुँदा उनले पुनः सडकमा पुस्तक बेच्ने दैनिकी रोजेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend