२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने


सञ्चार डबली
  • शुक्रबार, फागुन २९ २०८२
  • 5.4K
    SHARES

  • images
    नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

    काठमाडौं । नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवद्र्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद् (ईईपिसी) बीच यस्तो सहमति भएको हो।

    सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। यसका साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।

    सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend