२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक


सञ्चार डबली
  • आइतबार, फागुन १७ २०८२
  • 3.2K
    SHARES

  • images
    ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

    काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न क्लासिक पोर्टफोलियोलाई विस्तार गर्दै नयाँ ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी फागुन १५ गते नक्सालस्थित बाइकर्स क्याफेमा भएको भव्य समारोहकाबीच सार्वजनिक गरिएको हो। 

    कार्यक्रममा सञ्चारकर्मी, सेलिब्रेटी तथा ट्रायम्फका राइडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपालका मोटरसाइकल प्रेमी समुदायमा ठूलो उत्साह सिर्जना गर्‍यो। उक्त ग्रान्ड रिभिल कार्यक्रम ट्रायम्फ मोटरसाइकल्स नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आयोजना गरिएको हो।

    दैनिक प्रयोगसँगै एड्भेन्चर मनपराउने राइडरहरूका लागि डिजाइन गरिएको ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी उत्कृष्ट अफ–रोड क्षमता र गुणस्तरीय कारीगरीसहित बनाइएको हो। यो मोटरसाइकल नेपालको भौगोलिक विविधता भएको शहरदेखि पहाडी क्षेत्रसम्म सहजै लैजान सक्ने गरी निर्माण गरिएको छ।

    प्रारम्भिक मूल्य रु ७,९९,९०० रहेको ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी फागुनदेखि देशभरका ट्रायम्फका आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीका लागि उपलब्ध छ। साथै, देशभरका ग्राहकहरूका लागि प्रि-बुकिङ पनि औपचारिक रूपमा खुला गरिएको छ।

    यस अवसरमा ट्रायम्फ मोटरसाइकल्स नेपालका म्यानेजर सागर थापाले भने, “नेपालको राइडिङ समुदाय निरन्तर विकसित हुँदै गइरहेको अवस्थामा  स्क्रयाम्बलर ४०० एक्ससी जस्तो मोटरसाइकल सार्वजनिक गर्न पाउँदा हामी गौरवान्भित छौं। नेपालका विविध भू–भागहरूलाई ध्यानमा राखी बनाइएको यस मोटरसाइकलले बलियो क्षमता र उत्कृष्ट डिजाइन लाई एकसाथ जोड्दै, अन-रोड र अफ-रोड दुवै अवस्थामा राइडरलाई आत्मविश्वास प्रदान गर्दछ।”

    प्रिमियम डिटेलिङ, एड्भेन्चर केन्द्रित अपग्रेडहरू र रेट्रो लूक्स सहित, नयाँ ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससीले नेपालमा मिड क्यापासिटी एड्भेन्चर राइडिङलाई पुनःपरिभाषित गर्ने ट्रायम्फको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend