२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६को आज देखि स्टल बुकिङ्ग खुल्ला


सञ्चार डबली
  • मंगलबार, फागुन १२ २०८२
  • 3.9K
    SHARES

  • images
    नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६को आज देखि स्टल बुकिङ्ग खुल्ला

    काठमाडौं / पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पयर्टकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रोपल्ट यही चैत्र ११ देखि १५ गतेसम्म पोखरा लकेसाइड, तालबाराही चोक स्थीत खेल मदौनमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ ।

    सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज फागुन १२ गतेदेिख १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ्ग खुल्ला गरिएकोछ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पाेिजशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्) प्रा.लि.ले गर्ने छ भने स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी/संस्थाहरूले eventsgems@gmail.com वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्नु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend