२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निर्वाचन मुलुकलाई लयमा फर्काउने कडी हो, कुनैपनि हालतमा रोकिँदैनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी


सञ्चार डबली
  • आइतबार, फागुन १० २०८२
  • 2.8K
    SHARES

  • निर्वाचन मुलुकलाई लयमा फर्काउने कडी हो, कुनैपनि हालतमा रोकिँदैनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन् ।

    गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरेका छन् । निर्वाचनको विकल्प निर्वाचन नै भएको उनको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उनको आरोप छ । 

    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गरेका छन् । आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उनको भनाइ थियो । 

    मत सर्वेक्षणमा प्रतिवन्ध र आचारसंहिता भण्डारीले निर्वाचन आचारसंहिता र विशेषगरी ‘मत सर्वेक्षण’ नगर्न आग्रह गरेका छन् । मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उनले स्पष्ट पारेका छन्।

    राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गरेका छन् । 

    उनले निर्वाचन सम्पन्न गर्ने ‘पवित्र यज्ञ’ मा सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार र मतदातालाई जिम्मेवार भएर प्रश्तुत हुन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend