२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गठबन्धनको दूषित राजनीति गर्दैनौँ, विगतका त्रुटिलाई सच्याउँछौँ: सभापति थापा


सञ्चार डबली
  • बिहीबार , फागुन ७ २०८२
  • 2.1K
    SHARES

  • images
    गठबन्धनको दूषित राजनीति गर्दैनौँ, विगतका त्रुटिलाई सच्याउँछौँ: सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् ।

    प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रममा बोल्दै पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।

    उनले भने, ‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएका छौँ। हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

    सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ ।

    उनले थपे, ‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबन्डा हुँदैन हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो।’ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend