२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पोखरामा दोस्रो पल्ट वाडा (WADA) अटो शो २०२६ आयोजना हुँदै


सञ्चार डबली
  • मंगलबार, फागुन ५ २०८२
  • 3.7K
    SHARES

  • images
    पोखरामा दोस्रो पल्ट वाडा (WADA) अटो शो २०२६ आयोजना हुँदै

    पोखरा । पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्म पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिने छ ।

    नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटकिय राजधानी पोखरामा आयोजना हुन गईरहेको यस वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागीता हुनेछ । यस पाली नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याईने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आइसी ईन्जन्का नयाँ–नयाँ ब्राण्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend