२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छः प्रचण्ड


सञ्चार डबली
  • शुक्रबार, फागुन १ २०८२
  • 2.8K
    SHARES

  • images
    इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छः प्रचण्ड

    रुकुम पूर्व– नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सही सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ हुने बताएका छन् ।आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३०औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन १ केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे। उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्वलित गरेको बताए।

    सम्बोधनको क्रममा उनले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे।

    रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उनले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गरे। महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास उनले उल्लेख गरे।

    उनले चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको चर्चा गर्दै रुकुमको ऐतिहासिक भूमिकालाई स्मरण गरे।वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै प्रचण्डले देश जटिल अवस्थाबाट निर्वाचनको संघारतर्फ अघि बढिरहेको बताए। भदौ २३ गते सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि गोली चलेको र त्यसपछि उत्पन्न असहज अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गरे। युवाहरूको आक्रोशलाई व्यवस्था–विरोधी तत्वहरूले विध्वंसतर्फ मोडेको भन्दै उहाँले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै सचेत हुनुपर्ने बताए।

    पञ्चायती व्यवस्थाविरुद्ध रुकुमका जनताको संघर्ष स्मरण गर्दै उनले ‘किलो सेरा’ जस्ता दमनकारी अभियानका बाबजुद जनताले विद्रोहको बाटो नछोडेको उल्लेख गरे। हजारौँ जनताको बलिदानकै कारण आज खुला रूपमा सरकारको आलोचना गर्न सक्ने वातावरण बनेको उनको भनाइ थियो।

    इतिहासलाई वर्तमानसँग जोडेर मात्रै सुदृढ भविष्य निर्माण गर्न सकिने उल्लेख गर्दै उनले जनयुद्धका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वान गरे।

    कार्यक्रममा संयोजक प्रचण्ड’ र नेतृ पम्फा भुसालले शहीद, बेपत्ता परिवार तथा घाइतेहरुलाई सम्मान गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend