२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चुनौतीका बीच शिखर इन्स्योरेन्सको वित्तीय विवरणमा उत्साहजनक प्रगति, ईपीएससहित अन्य सूचक कस्ता ?


सञ्चार डबली
  • बिहीबार , माघ २९ २०८२
  • 2.8K
    SHARES

  • images
    चुनौतीका बीच शिखर इन्स्योरेन्सको वित्तीय विवरणमा उत्साहजनक प्रगति, ईपीएससहित अन्य सूचक कस्ता ?

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको मुनाफा आर्जन गर्न सफल भएको हो।

    गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म २२.४१ प्रतिशतले व्यवसाय वृद्धि गरी ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।

    यद्यपि भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबी परेका कारण कम्पनी अझै पनि खुद घाटामा रहेको छ। गत आवको पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म कम्पनी ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब १६ करोड ३३ लाख रुपैयाँबाट ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँबाट ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघेको छ। त्यस्तै अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि २ करोड ६८ लाख रुपैयाँबाट १९.८२ प्रतिशतले बढेर ३ करोड २२ लाख रुपैयाँ नाघेको छ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक हुन पुगेको छ भने सोल्भेन्सी अनुपात ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ।

    चुक्ता पूँजी २ अर्ब ९३ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend