२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: मृत्युको कारण मुटुको नसा ब्लकेज


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 5.2K
    SHARES

  • सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: मृत्युको कारण मुटुको नसा ब्लकेज

    काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

    एक चिकित्सकले भने, पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको भनाइ छ । ‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ । 

    पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाजञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ ।

    शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो । 

    शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend