२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

समावेशी शासन प्रणालीबिना मुलुकमा राजनीतिक स्थायित्व असम्भवः राष्ट्रपति पौडेल


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 3.7K
    SHARES

  • समावेशी शासन प्रणालीबिना मुलुकमा राजनीतिक स्थायित्व असम्भवः राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताएका छन् । आईतवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशी शासन प्रणालीबिना मुलुकमा राजनीतिक स्थायित्व सम्भव नहुने बताएका हुन् । 

    सबै जातजाति, भाषा, संस्कृति र समुदायलाई समान पहुँच, अवसर र सम्मान सुनिश्चित नगरी दिगो विकास र सामाजिक न्याय सम्भव नहुने उनको भनाइ छ । उनले राष्ट्रिय गानको सन्दर्भ उल्लेख गर्दै नेपाललाई सयौँ फूलले बनेको सुन्दर फूलबारीका रूपमा चित्रण गर्दै यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताएका छन् ।

    उनले संविधानले समावेशिता, समानता र सामाजिक न्यायलाई मूल लक्ष्यका रूपमा अघि सारेको उल्लेख गर्दै राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 

    उहाँले आदिवासी जनजाति समूदायको संस्कृति नेपालको पहिचान भएको भन्दै उनले यो समूदायको भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend