२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ओमोडा एन्ड जेइको ‘एक्सचेन्ज टु अपग्रेड’ विशेष एक्सचेन्ज क्याम्प घोषणा


सञ्चार डबली
  • शुक्रबार, माघ २३ २०८२
  • 2.2K
    SHARES

  • images
    ओमोडा एन्ड जेइको ‘एक्सचेन्ज टु अपग्रेड’ विशेष एक्सचेन्ज क्याम्प घोषणा

    काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘एक्सचेन्ज टु अपग्रेड’ विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार उक्त क्याम्प आगामी फागुन २३ देखि २६ गतेसम्म देशभर सञ्चालन हुनेछ ।

    चार दिनसम्म सञ्चालन हुने यस विशेष क्याम्पमार्फत सवारीसाधनप्रेमी तथा हालका सवारीधनीहरूले आफ्ना पुराना गाडी साटेर ओमोडा एन्ड जेइकोको अत्याधुनिक मोडलहरूमा अपग्रेड गर्ने अवसर पाउनेछन् ।

    क्याम्प अवधिमा ओमोडा एन्ड जेइकोको जुनसुकै मोडल बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा तथा प्रत्येक बुकिङमा मोबाइल फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    यसका अतिरिक्त, ओमोडा एन्ड जेइकोले एक जोडी भाग्यशाली ग्राहकका लागि चीन भ्रमणको विशेष बम्पर अफरसमेत घोषणा गरेको छ । क्याम्प अवधिमा सहभागीमध्येबाट छनोट हुने उक्त जोडीले चीनको विशेष यात्रा गर्ने अवसर पाउनेछन् ।

    हाल नेपाली बजारमा ओमोडा एन्ड जेइको तीन मोडल उपलब्ध छन् । ओमोडा ई फाइभको मूल्य ५४ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ भने जेइको जे फाइभ ५६ लाख ९९ हजार रुपैयाँ र जेइको जे सिक्स ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् । कम्पनीका अनुसार यी सवारीसाधन उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली ड्राइभिङ दूरी, उच्च सुरक्षा विशेषता र समग्र प्रदर्शनका हिसाबले आफ्नो सेग्मेन्टमा अग्रणी मानिन्छन् ।

    क्याम्प अवधिमा ग्राहकहरूले ओमोडा एन्ड जेइकोका विद्युतीय तथा एसयुभी मोडलहरू नजिकबाट अवलोकन गर्न, टेस्ट ड्राइभ गर्न र विशेष अफरको लाभ लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend