२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट साझेदारको घोषणा


सञ्चार डबली
  • बिहीबार , माघ २२ २०८२
  • 5.6K
    SHARES

  • images
    ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट साझेदारको घोषणा

    काठमाडौ । ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत नेपालमा आइइएलटिएसका लागि महत्वपूर्ण योगदान गरेका साझेदारहरुलाई सम्मान गर्दै ५ फेब्रुअरी २०२६ मा उनीहरुको सहभागितामा उत्कृष्ट साझेदारको घोषणा समारोह सफलतापूर्वक आयोजना गरेको छ ।

    नेपालमा आइइएलटिएस प्रवद्र्धन गर्न गरिएको साझेदारी र कार्यसम्पादनका लागि उत्कृष्ट योगदान गरेका साझेदार संस्थाहरुलाई सम्मान गर्न आयोजित समारोहमा अग्रणी शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) र सम्वन्धित क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका थिए । सो समारोहमा नेपाली युवा विद्यार्थी र व्यवसायिक व्यक्तिलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र करिअर विकासको अवसर दिलाउन ब्रिटिस काउन्सिल नेपालले गरेका विभिन्न कार्यका उपलव्धिलाई उत्सवको रुपमा मनाइएको थियो ।

    १ अगस्ट २०२५ देखि ३१ जनवरी २०२६ सम्म सञ्चालित अभियानका क्रममा योगदान गरेका उत्कृष्ट १० साझेदारलाई सम्मान गरिएको छ ।

    ब्रिटिस काउन्सिलको आइइएलटिएस पार्टनर समिट २०२५ का अवसरमा ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ को औपचारिक घोषणा गरिएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता दिने उद्देश्यसहित अभियानले नेपालस्थित हाम्रा साझेदारको उत्कृष्ट योगदानलाई कदर गर्ने लक्ष्य राखेको छ ।

    लन्डनमा गरिने विश्वव्यापी सम्मान

    आगामी मार्च २३ देखि २७ सम्म लन्डनमा आयोजना हुन लागेको ग्लोवल च्यानल पार्टनर मिट–अप र अवार्ड समारोहमा विश्वभरका उत्कृष्ट साझेदारसहित नेपालबाट चयन भएका विजेतालाई सम्मान गरिनेछ । लन्डनमा हुने समारोहमा विश्वव्यापी सम्मान प्राप्त गर्ने नेपाली साझेदार संस्थाहरु निम्न अनुसार छन् :

    अवार्डको विधा साझेदार हवाइ टिकट प्राप्त गर्ने व्यक्ति 
    कम्प्युटरमार्फत आइइएलटिएसका लागि बढी संख्यामा योगदान गर्ने संस्था अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि  सुनिल रेग्मी
    समग्रमा आइइएलटिएसका लागि बढी संख्यामा योगदान गर्ने संस्था अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि  सुनिल रेग्मी
    बार्षिक रुपमा आइइएलटिएसका लागि प्रगति गरेका संस्था केआइइसी लर्निङ सेन्टर प्रा.लि  राजेन्द्र रिजाल
    तीव्र रुपमा विकास र उदयमान साझेदार द नेक्स्ट एडुकेसन कन्सल्टेन्सी प्रा.लि शालिकराम भण्डारी
    उत्कृष्ट कार्यसम्पादन गर्ने संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) एन्ड्रयु पौडेल

    उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारको सम्मान

    विश्वव्यापी अवार्ड विजेता बाहेक ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत निम्न लिखित उत्कृष्ट संस्थाहरुलाई सम्मान गरेको छ । 

                                                                             उत्कृष्ट संस्थाहरु
    एक्सपर्ट एडुकेसन एण्ड भिसा सर्भिस प्रा.लि
    आरटीसी इङलिस
    युनी कन्सल्टेन्ट एलायन्स प्रा.लि
    बिर्तामोड एडुकेसन फाउन्डेसन प्रा.लि
    ग्रेस इन्टरनेशनल ग्रुप प्रा.लि
    एइसीसी ग्लोवल
    सुमेधा एडुकेसन नेटवर्क प्रा.लि


    समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भन्नुभयो–“ब्रिटिस काउन्सिलको आइइएलटिएसप्रति इमान्दारिता, गुणस्तरियता र प्रतिवद्धतासहित निरन्तर रुपमा योगदान गरेका साझेदार संस्थाहरुलाई सम्मान गरिरहँदा ग्लोवल च्यानल पार्टनर क्याम्पेनले आइइएलटिएस सञ्चालनका लागि तय भएका उच्च मापदण्डलाई कायम राख्ने हाम्रो संस्थागत प्रतिवद्धतालाई प्रतिविम्वित गरेको छ । यस अभियानमा सम्मानित हाम्रा साझेदार संस्थाहरुले आइइएलटिएसको परीक्षामा विश्वव्यापी मापदण्ड कायम राख्न उत्कृष्ट कार्य गरेका छन् । उनीहरुको सम्मानबाट नेपालमा आइइएलटिएसका साझेदारहरुको सञ्जालका सबल पक्ष र उत्कृष्ट कार्य गर्ने हाम्रो संयुक्त प्रतिवद्धतालाई उजागर गरेको छ ।”

    बिजनेश डेभल्पमेन्ट प्रमुख सुदर्शन सुवेदीले भन्नुभयो–“ हाम्रा साझेदार संस्थाहरुले आइइएलटिएसको पहुँच विस्तार र अन्र्तराष्ट्रिय शिक्षाप्रति नेपालको अभिलाषा र चाहनालाई सहयोग गर्न महत्वपूर्ण योगदान गरेका छन् । ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ मार्फत् हामीले कार्यसम्पादनलाई अन्र्तराष्ट्रिय पहुँचसँग जोडेका छौं । आज सम्मानित साझेदार संस्थाहरुले लन्डनमा आयोजना हुने ब्रिटिस काउन्सिलको ग्लोवल अवार्ड समारोहमा विश्वका अन्य उत्कृष्ट साझेदार संस्थासँगै सहभागिता जनाउनेछन् । साथै, त्यहाँ विश्वविद्यालय र आइइएलटिएससम्बन्धी ब्रिटिस काउन्सिलको टोलीसँग आपसी संवादसहित एक साता लामो कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । यसबाट हाम्रा साझेदार संस्थाको क्षमता वृद्धि गर्न, विश्वका विभिन्न देशमा भएका असल अभ्यास आपसमा आदान–प्रदान गर्न र आगामी दिनमा नेपालमा आइइएलटिएस सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

    ब्रिटिस काउन्सिलको आइइएलटिएसबारे

    अन्र्तराष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषाको दक्षता जाँच गर्ने प्रणाली हो । विश्वव्यापी रुपमा १२ हजार भन्दा बढी संस्थाले यसलाई मान्यता दिएका छन् । आइइएलटिसलाई मान्यता दिने संस्थाभित्र शैक्षिक संस्था, रोजगारदाता, सरकारी र व्यवसायिक संस्था र निकाय लगायत छन् । ब्रिटिस काउन्सिल र आइडीपी आइइएलटिएस र क्याम्ब्रिज एसेसमेन्ट इङलिसले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । थप जानकारीका लागिः www.ielts.org

    ब्रिटिस काउन्सिलबारे

    ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्र्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछ । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्छौं । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुुगेको छ ।

    कुनै जिज्ञासा भए हामीलाई general.enquiry@britishcouncil.org.np वा ९७७–१–४२३७७०० मा सम्पर्क गर्न सक्नुहुन्छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend