२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रोयल इनफिल्ड हन्टर ३५० सार्वजनिक, टेस्टराइड र बुकिङ सुरू


सञ्चार डबली
  • बिहीबार , माघ २२ २०८२
  • 4.1K
    SHARES

  • images
    रोयल इनफिल्ड हन्टर ३५० सार्वजनिक, टेस्टराइड र बुकिङ सुरू


    काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरूममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरू गरेको हो।

    विश्वका सहरी जीवनशैलीबाट प्रेरित रंग, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएस बिएस भिआई हन्टर ३५०, २०२५ इडिसन पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

    मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबिएस एलइडी हेडलैम्प, सुधारिएको सिट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन्।यसमा प्रयोग गरिएको ३५९ सिसी जे सेरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ।

    सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका कम्पनीले बताएको छ।हन्टर ३५० डुअल टोनको मूल्य ४ लाख ९९ हजार ९०० रूपैयाँ र सिंगल टोनको ४ लाख ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend