२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महिन्द्राका बीई–६ र एक्सईभी ९ई वीरगन्जमा सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 4.1K
    SHARES

  • images
    महिन्द्राका बीई–६ र एक्सईभी ९ई वीरगन्जमा सार्वजनिक

    काठमाडाैं। नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले वीरगन्ज तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू-बीई-६ र एक्सईभी ९ई-सार्वजनिक गरेको छ।

    वीरगन्जमा आयोजित भव्य सार्वजनिकीकरण समारोहमार्फत यी नयाँ विद्युतीय एसयूभीहरू औपचारिक रूपमा बजारमा ल्याइएका हुन्। समारोहमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ तथा महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान र बङ्गलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकारको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा ग्राहकवर्ग र कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

    महिन्द्राका यी विद्युतीय एसयूभीहरू अत्याधुनिक ‘इङ्ग्लो प्लेटफर्म’मा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मानिने ‘माया’ प्रणालीबाट सञ्चालित छन्। कम्पनीका अनुसार बीई-६ र एक्सईभी ९ईले पर्फमेन्स, इन्टेलिजेन्स, आधुनिक डिजाइन र दिगोपनालाई एकैसाथ समेटेका छन्, जसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

    महिन्द्रा बीई–६ र एक्सईभी ९ई पहिलोपटक सन् २०२५ को अगस्टमा आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएका थिए। त्यसयता यी गाडीहरूले उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई अझ सशक्त बनाएका छन्।

    निरन्तर विस्तार भइरहेको नेपाली अटोमोबाइल बजारले अत्याधुनिक प्रविधियुक्त बर्न इलेक्ट्रिक भेहिकल्सलाई उत्साहका साथ स्वीकार गरिरहेको कम्पनीको भनाइ छ। हालसालै महिन्द्रा एक्सईभी ९ईले ‘इन्डियन कार अफ द इयर’ अन्तर्गत ‘ग्रिन कार अफ द इयर’ अवार्ड प्राप्त गरेको छ, जुन यसको दिगो डिजाइन, उन्नत विद्युतीय प्रविधि र उत्कृष्ट प्रदर्शनको प्रमाण भएको दाबी गरिएको छ।

    हेटौँडा, चितवन र वीरगन्जपछि निकट भविष्यमा भैरहवा, इटहरीलगायतका प्रमुख सहरहरूमा पनि यी विद्युतीय एसयूभीहरू सार्वजनिक गर्ने योजना रहेको अग्नि इन्कर्पोरेटेडले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend