२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यामाहा नेपालको ‘माइलेज लिग’ आधा यात्रा पार: वास्तविक राइडमा उत्कृष्ट माइलेज क्षमता प्रमाणित


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 3.1K
    SHARES

  • images
    यामाहा नेपालको ‘माइलेज लिग’ आधा यात्रा पार: वास्तविक राइडमा उत्कृष्ट माइलेज क्षमता प्रमाणित

    काठमाडौँ । यामाहा नेपालले सञ्चालन गरेको यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ। एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालन भएको यस प्रतियोगिताले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाएको छ। भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने छ।

    अध्ययनअनुसार, यामाहा रेजेडआर 125-FI हाइब्रिडले ARAI-प्रमाणित ७१.३३ किमी/लिटर माइलेज दिने दाबी गरेको छ। तर वास्तविक सडकमा भएको माइलेज लिगमा अहिलेसम्म एक सहभागीले ८७.२० किमी/लिटर माइलेज हासिल गरेका छन्। यसले नेपालका विविध भौगोलिक अवस्थाहरू-तराईका समथर सडकदेखि पहाडी उकालो मोड, हाइवेको पिचदेखि अफ-रोड ट्रेलसम्ममा स्कुटरको क्षमता प्रमाणित गरेको छ।

    यामाहा नेपालका सिइओ दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता होइन, नेपाली राइडरप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजा वास्तविक सडकमा प्रमाणित गर्दैछौं र चाहन्छौं हरेक रेजेडआर हाइब्रिड राइडरले आफ्नो दक्षता र गर्व महसुस गर्न सकून्।”

    यामाहा रेजेडआर 125 FI हाइब्रिड आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर हो, जसमा स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली समावेश गरिएको छ। यसले शक्ति र इन्धन दक्षताको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

    ‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा हुने छ, जहाँ देशभरका विजेताहरू अन्तिम स्किल टेस्टमा प्रतिस्पर्धा गर्नेछन्। यामाहा नेपालले सबै रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको शोरूममा सम्पर्क गरी लिगमा सहभागी हुन आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend