२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युवा र नयाँको आवरणमा जेलेन्स्की जन्मिने खतरा


सञ्चार डबली
  • बुधबार, माघ १४ २०८२
  • 3.6K
    SHARES

  • images
    युवा र नयाँको आवरणमा जेलेन्स्की जन्मिने खतरा

    पुराना पार्टी चाहे कांग्रेस होस् या कम्युनिष्ट २००४–२००६ सालमा स्थापित भई २००७ सालमा राणा शासन, २०४६ सालको जनआन्दोलनबाट पञ्चायती शासनबाट मुक्त गरि बहुदलीय व्यवस्था साथै २०५२ सालबाट जनयुद्ध गरेको माओवादी र संसदीय सात दल मिलेर २०६२ सालमा जनआन्दोलन गरि शाही शासन सदाको लागि अन्त गरि दलित, आदिवासी, समावेशी जनताको प्रतिनिधित्व गर्न गणतन्त्रको व्यवस्था ल्यायो र आज स्थानीय तहको वडा सदस्य हुँदै प्रदेश र संघीय संसद हुँदै मन्त्री बन्ने रोडम्याप कायम छ ।

    १) पार्टी हुनलाई मुद्दा हुनुपर्छ । नयाँ पार्टीको मुद्दा के हो ?
    २) पार्टीले देश विकास र परिवर्तनको योगदान गरेको हुनुपर्छ । नयाँ पार्टीको योगदान के ?
    ३) पुराना पार्टीको भोलि देश र जनतालाई कसरी सुशासन दिने भन्ने विचार र वाद हुन्छ । समाजवाद, पूँजीवाद, साम्यवाद, राजावाद र यथास्थितिवादमा पुग्ने ? नयाँ पार्टीहरु कुन वादअनुसार अगाडी जाने हो ?
    ४) संघीयता बारे पुरानाहरु पार्टी प्रस्ट छन् । नयाँ पार्टीका बालेन शाहले प्रदेश चुनाव बहिष्कार गरेको बुझ्नु पर्छ र प्रदेश सम्बन्धि धारणा के हो ?
    ५) पार्टीले देश विदेशको राजनीति र भूगोल बुझेको हुन्छ । नयाँ पार्टीले राजनीति कति बुझेको छ ?

     

    पार्टीमा व्यक्ति मन नपराउन पाइन्छ तर पार्टी नराम्रो हुँदैन व्यक्ति फेर्न वा परिवर्तन गर्न केपी ओलीले संसद विघटन गर्दा पार्टी विभाजन भयो । संसद पुनःर्स्थापना भयो र संघीय संविधान जोगायो ।
    आरजुलाई भुटानी शरणार्थी काण्डबाट जोगाउन र झापाको गिरिबन्धु टी स्टेट घोटाला काण्डबाट केपी ओलीलाई जोगाउन खोज्दाको कारण देशले अकल्पनीय दुर्घटना भोग्नु पर्यो ।

    गगन समूहले विद्रोह गरि पार्टीबाट कांग्रेस सभापति शेरबहादुर र आरजु राणालाई पार्टीबाट विस्थापित गरियो । राजनीतिकर्मी हुनुको नाताले मुद्दा, योगदान र इतिहास रहेको पार्टीबाट नै नयाँ बिचार र नेतृत्व छान्ने प्रणालीलाई नै जीवन्त र गतिशील बनाउनु पर्छ ।

    व्यक्ति नराम्रो भयो भनेर सेलिब्रेटी र स्टन्टबाजी गर्नेहरूलाई छान्दा युक्रेनलाई जस्तै युद्धमा पुर्याउन जेलेस्की जस्तो नेतृत्व नआउला भन्ने के ग्यारेन्टी छ ?

    - सुशान्त डंगाेल

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend