२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली


सञ्चार डबली
  • आइतबार, माघ ११ २०८२
  • 7.0K
    SHARES

  • images
    फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली

    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाईलीले काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गरेका हुन्। 

    उनले काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनु हुँदै आन्तरिक समिकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताएका छन् । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरेका छन् । 

    सहमहामन्त्री रसाईलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताएका छन्। फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताएका छन् । 

    उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरेका छन् । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोईराला समूहका नेताहरु सबैले न्याय पाएको बताएका हुन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend