२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रिमियम टायल ब्रान्ड कजारिया अब विराटनगरमा पनि, देशभर १०० भन्दा बढी सोरुम विस्तार


सञ्चार डबली
  • आइतबार, माघ ११ २०८२
  • 3.7K
    SHARES

  • प्रिमियम टायल ब्रान्ड कजारिया अब विराटनगरमा पनि, देशभर १०० भन्दा बढी सोरुम विस्तार

    विराटनगर । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले विराटनगरको मुनाल पथमा नयाँ विशेष सोरुम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप विस्तार गरेको छ।

    न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित उक्त सोरुमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। शोरूममार्फत ग्राहकहरूलाई आधुनिक डिजाइन र आकर्षक खरिद अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ।

    शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। 

    कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, विशिष्ट अतिथि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर सोरुमको औपचारिक उद्घाटन गरेका थिए। 

    कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा योगदानको प्रशंसा गर्दै प्रतिष्ठित ब्रान्डहरूको विस्तारले स्थानीय रोजगारी, आर्थिक वृद्धि र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउन सहयोग पुग्ने बताए।

    त्यस्तै, निर्देशक अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्दै विराटनगरमा नयाँ सोरुम सञ्चालन हुनु पूर्वी नेपालका ग्राहकहरूसम्म विश्वस्तरीय टायल अझ नजिक पुर्‍याउने महत्वपूर्ण कदम भएको उल्लेख गरे।

    विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित उक्त सोरुममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह प्रदर्शन गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू अवलोकन तथा छनोट गर्न सक्नेछन्।

    कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै ठूलो टायल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी सोरुमको सञ्जाल विस्तार गरिसकेको कम्पनीले जनाएको छ।

    विराटनगर सोरुमको उद्घाटन कजारियाको विश्वस्तरीय टायल देशभर पुर्‍याउने लक्ष्यतर्फको अर्को महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीको विश्वास छ, जसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend