२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सहिदको सालिक राख्न संसद् भवनको गुरुयोजना संशोधन गराैँ : प्रधानमन्त्री


सञ्चार डबली
  • बिहीबार , माघ ८ २०८२
  • 4.4K
    SHARES

  • images
    सहिदको सालिक राख्न संसद् भवनको गुरुयोजना संशोधन गराैँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् ।

    प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर निर्माणाधीन संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् ।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा। मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुङ्गानालगायत सहभागी थिए । 

    सहरी विकास सचिव सिग्देलले सालिक राख्नका लागि पहिचान गरिएका ठाउँ र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गरे ।

    प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद् भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिइन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend