२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री कार्की भन्छिन्- निर्वाचनको अर्को चरण सफल, राष्ट्र लोकतान्त्रिक उत्सवमा होमिएको छ


सञ्चार डबली
  • मंगलबार, माघ ६ २०८२
  • 3.5K
    SHARES

  • images
    प्रधानमन्त्री कार्की भन्छिन्- निर्वाचनको अर्को चरण सफल, राष्ट्र लोकतान्त्रिक उत्सवमा होमिएको छ

    काठमाडौं। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी निर्धारित समयमै अघि बढ्दै गएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्रक्रिया अर्को महत्वपूर्ण चरण पार गर्न सफल भएको बताएकी छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा जारी विज्ञप्तिमा उनले मनोनयन दर्ता प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको एक सशक्त संकेतका रूपमा व्याख्या गरेकी छन्।

    प्रधानमन्त्री कार्कीका अनुसार निर्धारित समयसीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता हुनु नेपाली जनताको लोकतन्त्रप्रतिको गहिरो विश्वासको प्रमाण हो। कूल १६५ पदका लागि तीन हजार ४०० भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनु जनताले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउने दृढ इच्छाशक्ति राखेको स्पष्ट सन्देश भएको उनको भनाइ छ।

    वक्तव्यमा प्रधानमन्त्रीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमानदारी र क्षमताका साथ क्रियाशील रहेको पुनः स्पष्ट पारेकी छन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने उल्लेख गर्दै उनले सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिएकी छन्।

    निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा प्रवाह गरेको प्रधानमन्त्रीको भनाइ छ। उनका अनुसार अब मुलुकमा देखिँदै आएको अन्योल र अनिश्चितताको अवस्था अन्त्य हुँदै गएको छ र राष्ट्र निर्वाचनको महाकुम्भतर्फ अग्रसर भएको छ।

    प्रधानमन्त्री कार्कीले निर्वाचन कार्य तालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन्। साथै, निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमले रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरेकी छन्।

    अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली नागरिकलाई यस निर्वाचनमा सक्रिय, संयमित र जिम्मेवार सहभागिता जनाउन प्रधानमन्त्रीले हार्दिक अपिल गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend