२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शान्ति सुव्यवस्था नागरिक–प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की


सञ्चार डबली
  • सोमबार, माघ ५ २०८२
  • 4.7K
    SHARES

  • images
    शान्ति सुव्यवस्था नागरिक–प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताए । 

     नागरिक र प्रहरीबीचको सौहार्दपूर्ण तथा सहकार्यपूर्ण सम्बन्ध बिना प्रभावकारी मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सम्भव नहुने उनको भनाइ छ । उनले विश्वका विकसित मुलुकहरुमा समेत प्रहरीको एकल प्रयासले मात्रै शान्ती सुरक्षा कायम हुन नसकेको उल्लेख गरे । उनले प्रहरीका गतिविधिमा नागरिकको निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गरे । 

    उनले भने, ‘प्रहरीको काम शान्ती, सुरक्षा अमन्चयन कायम गर्ने त हो । तर बर्दिधारी प्रहरीको एकल प्रयासले मात्रै यो सम्भव छैन । संसारका एकदमै राम्रा भनिएका मुलुकमा पनि प्रहरीको एकल प्रयासबाट शान्ती सुव्यवस्था हुने होइन । नागरिक र प्रहरीको सौहार्दपूर्ण र साझेदारीपूर्ण कार्यले मात्रै शान्ती सुव्यवस्था कायम हुने हुनाले यो कार्यक्रममार्फत प्रहरीका हरेक क्रियाकलापमा नागरिकको निरन्तरको सहयोगको अपेक्षा र सहयोगको याचना गर्दै यो कार्यक्रम आयोजना गरिएको हो ।’

    उनले झगडाले मुलुकमा शान्ती स्थापना गरिन्छ भन्ने विगतका भाष्यहरु खण्डित भएको उल्लेख गर्दै शान्तीको माध्यमबाट मात्र मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न सकिने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend