२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ट्रम्प जनताको हत्यारा र अपराधी हुन : खामेनी


सञ्चार डबली
  • आइतबार, माघ ४ २०८२
  • 3.9K
    SHARES

  • images
    ट्रम्प जनताको हत्यारा र अपराधी हुन : खामेनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ‘जनताको हत्यारा र अपराधी’ घोषणा गर्दै कडा आरोप लगाएका छन् ।

    इरानमा जारी विरोध प्रदर्शनको सन्दर्भमा शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले ट्रम्पले हिंसा उक्साएर हजारौं निर्दोषको ज्यान लिएको दाबी गरेका हुन् ।

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार खामेनीले हालको अशान्तिलाई अमेरिकी षड्यन्त्रको परिणाम भन्दै इरानले त्यो षड्यन्त्रको ‘ढाड भाँचिदिएको’ बताएका छन्। उनले अब षड्यन्त्रमा संलग्न तत्वहरूलाई कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।

    सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया जनाउँदै खामेनीले हालैको अशान्ति अमेरिकी उत्तेजनाबाट सिर्जना भएको उल्लेख गरेका छन्। उनले इरान युद्ध चाहँदैन तर देशको सार्वभौमिकतामाथि हमला गर्नेहरूलाई कुनै हालतमा नछाडिने चेतावनी दिएका छन्।

    मानव अधिकार संगठनहरूको तथ्यांकअनुसार प्रदर्शनका क्रममा दर्जनौं सुरक्षाकर्मीसहित तीन हजारभन्दा बढी मानिसको ज्यान गएको छ। महंगीविरुद्ध सुरु भएको आन्दोलन क्रमशः सरकारविरोधी र सत्ता अन्त्यको मागमा रूपान्तरण भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend