२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

संरचना निर्माणमा रैथाने प्रविधिलाई जोड दिनुपर्छ : सुनिता डंगोल


सञ्चार डबली
  • शुक्रबार, माघ २ २०८२
  • 5.7K
    SHARES

  • images
    संरचना निर्माणमा रैथाने प्रविधिलाई जोड दिनुपर्छ : सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताएकी छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपदबाट बच्न सकिने समेत बताइन् । उनले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको बताइन् । भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने उनकाे भनाइ थियाे । उनले रैथाने प्रविधि र सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर समेत गरिन् ।

    उनले भनिन्, ‘सूचना प्रविधिको प्रयोगले भूकम्पको पूर्वसूचना प्रणालीसहित बचाउका उपायहरु प्रयोग गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको भवन निर्माण संहिता रहेको छ । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्रै होइन, यो नागरिककाे पनि हाे । याे सरकारको कार्यक्रम भनेर सोचिदिने भन्दा पनि हाम्रा लागि हामीले मान्नुपर्ने काम हो भनेर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । यो दायित्वभित्र हामी नै हौँ भनेर बुझ्न जरुरी छ । हामीले हाम्रा संरचना पूर्ण रुपमा इन्जिनियरिङ पाटो पनि छोड्नु हुँदैन र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्छ । विशेष गरी रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको छ ।’

    उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिइन् । उनले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताइन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend