२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साताको १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवामा स्वास्थ्य जोखिमको खतरा


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 3.3K
    SHARES

  • images
    साताको १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवामा स्वास्थ्य जोखिमको खतरा

    काठमाडौं । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवाहरूमा मोटोपन र अनिद्रा जस्ता समस्या देखिने पुष्टि गरेको हो। 

    न्यूट्रिशनु जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ विद्यार्थीहरूलाई सहभागी गराइएको थियो। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई खेल खेल्ने समयका आधारमा तीन समूहमा विभाजन गरेका थिए। हप्तामा ५ घण्टासम्म खेल्नेलाई निम्न, ५ देखि १० घण्टा खेल्नेलाई मध्यम र १० घण्टाभन्दा बढी खेल्नेलाई उच्च समूहमा वर्गीकरण गरिएको थियो। 

    अध्ययनले निम्न र मध्यम समय खेल्नेहरूको स्वास्थ्य अवस्था सामान्य पाए पनि १० घण्टाको सीमा काट्नेहरूमा भने स्पष्ट रूपमा नकारात्मक असर देखा परेको निष्कर्ष निकालेको छ।

    कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोका अनुसार धेरै समय गेममा झुम्मिने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या पाइएको छ। 

    यसैगरी, सबै समूहका खेलाडीमा निद्राको गुणस्तरमा केही समस्या देखिए पनि हप्तामा १० घण्टाभन्दा बढी खेल्नेहरूमा निद्रामा गम्भीर अवरोध हुने गरेको पाइएको छ। अध्ययनले स्वास्थ्य जोखिम कम गर्न राती अबेरसम्म गेम नखेल्न, स्वस्थ खानेकुरा खान र नियमित दिनचर्या अपनाउन सुझाव दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend