२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउनेछ : दाहाल


सञ्चार डबली
  • आइतबार, पुस २७ २०८२
  • 4.7K
    SHARES

  • images
    आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउनेछ : दाहाल

    काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन् । जेनजी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन् ।

    उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेदवार बनाउने जानकारी दिए । पार्टीको केन्द्रीय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

    उनले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेनजी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरुलाई उच्च प्राथमिकता दिने कोशिस गरेका छौँ । हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडी सारेर हजारौँ लाखौँ युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढी भन्दा बढी युवाहरुलाई र केन्द्रीय समितिमा पनि युवाहरुलाई समेट्दै छौँ ।’

    संयोजक दाहालेले जेनजी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए । उनले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्वमाओवादीको शैलीले नगर्न पनि निर्देशन दिए । उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend