२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 4.0K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो ।

    साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।

    साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

    त्यसैगरी स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराउनुभयो । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend