२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चुनावका कारण एसइईको परीक्षा सर्ने ! अब कहिले ?


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 4.2K
    SHARES

  • images
    चुनावका कारण एसइईको परीक्षा सर्ने ! अब कहिले ?

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) सर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण एसइई परीक्षा सर्ने भएको हो । 

    यसो त राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, आसन्न निर्वाचनका कारण परीक्षा सर्ने भएको बोर्डका पदाधिकारीले बताएका छन् । 

    फागुन २१ गते हुने निर्वाचनका कारण एसइई परीक्षा सर्ने भएको छ । फागुन २१ गते निर्वाचन हुने भएसँगै निर्वाचनका लागि मतपत्र र परीक्षाको  प्रश्नपत्र छपाईको काम जुध्ने भएपछि परीक्षा सर्ने भएको हो । मतपत्र र प्रश्नपत्र छपाईको काम जनक शिक्षा केन्द्रबाटै हुने भएकाले परीक्षा सार्नुपर्ने अवस्था आएको बताइएको छ । 

    परीक्षा सर्ने भए पनि कहिलेदेखि हुन्छ ? भन्ने टुंगो लागिसकेको छैन । यद्यपि एसइईको रुटिन माघको पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend