२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुजुकी भिक्टोरिस ३२ भेरियन्टसहित नेपाली बजारमा


सञ्चार डबली
  • मंगलबार, पुस २२ २०८२
  • 4.2K
    SHARES

  • images
    सुजुकी भिक्टोरिस ३२ भेरियन्टसहित नेपाली बजारमा


    काठमाडौं । नेपाली बजारमा एउटै मोडलको सबैभन्दा धेरै भेरियन्टको रूपमा सुजुकी भिक्टोरिस नेपाल आएको छ । सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले भिक्टोरिसको ३२ भेरियन्ट नेपाल ल्याएको हो । कम्पनीले इन्टोडक्टरी प्राइस भन्दै ५० लाख ९९ हजार रुपैयाँ मूल्यबाट भिक्टोरिस बिक्री सुरू गरेको छ । तर, सुरूवाती ५० ग्राहकलााई मात्रै इन्टोडक्टरी मूल्य दिने कम्पनीले जनाएको छ ।

    सुजुकी भिक्टोरिसको भीएक्सआई भेरियन्टको मूल्य ५८ लाख ९९ हजार, जेडएक्सआईको ६२ लाख ९९ हजार र जेडएक्सआई ड्युल टोनको ६३ लख २९ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी, जेडएक्सआई अप्सनलको ६४ लाख ९९ हजार र जेडएक्सआई अप्सनल ड्युल टोनको मूल्य ६५ लाख २९ हजार रुपैयाँ कायम गरेर बिक्री थालेको हो ।कम्पनीले जेडएक्सआई प्लसको मूल्य ६९ लाख ९९ हजार र जेडएक्सआई प्लस ड्युल टोनको ६८ लाख २९ हजार राखिएको छ ।

    सीजी मोटोकर्पले जेडएक्सआई प्लस अप्सनलको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जेडएक्सआई प्लस अप्सनल ड्युल टोनको मूल्य ७० लाख ९९ हजार रुपैयाँ छ ।भिक्टोरिस भिएक्सआई अटोमेटिकको मूल्य ६६ लाख ९९ हजार, भीएक्सआई अटोमेटिक मोनो टोनको ७० लाख ९९ हजार र जेडएक्सआई अटोमेटिक ड्युल टोनको ७१ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।

    सुजुकी भिक्टोरिस जेडएक्सआई अप्सनल अटोमेटिकको मूल्य ७२ लाख ९९ हजार र यसमै ड्युल टोन कलरको मूल्य ७३ लाख २९ हजार रुपैयाँ छ । जेडएक्सआई प्लस अटोमेटिकको मूल्य ८० लाख ९९ हजार राखेको कम्पनीले यसको ड्युल टोन भेरियन्टको मूल्य ८१ लाख २९ हजार तोकेको हो ।

    सीजी मोटोकर्प लेजेडएक्सआई अप्सनल अटोमेटिकको मूल्य ८२ लाख ९९ हजार, ड्युल टोन भेरियन्टको ८३ लाख २९ हजार रुपैयाँ राखेको छ ।फोर ह्वील ड्राइभ अप्सन खोज्नेले जेडएक्सआई प्लस भेरियन्ट किन्दा ८८ लाख ९९ हजार र यसकै ड्युल टोन किन्दा ८९ लाख २९ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

    भिक्टोरिस जेडएक्सआई प्लस अप्सनल भेरियन्टको मूल्य ९० लाख ९९ हजार र यसकै ड्युल टोन भेरियन्टको ९१ लाख २९ हजार कायम गरेर बिक्री थालेको छ ।स्ट्रङ हाइब्रिड अप्सनमा सुरूवाती भेरियन्ट भीएक्सआईको मूल्य ८४ लाख ४९ हजार, जेडएक्सआई भेरियन्टको ८८ लाख ४९ हजार, जेडएक्सआई ड्युल टोनको ८८ लाख ७९ हजार, जेडएक्सआई अप्सनलको ८९ लाख ९९ हजार र अप्सनल ड्युल टोनको मूल्य ९० लाख २९ हजार कायम गरेको छ ।

    भिक्टोरिस जेडएक्सआई प्लसको मूल्य ९४ लाख ९९ हजार, जेडएक्सआई प्लस ड्युल टोनको ९५ लाख २९ हजार, जेडएक्सआई प्लस अप्सनलको ९६ लाख ९९ हजार, सबैभन्दा महँगो जेडएक्सआई प्लस अप्सनल ड्युल टोनको ९७ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

    माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड मोडलसँग फोर ह्वील ड्राइभ सिस्टमसहित भोक्टोरिस नेपाली बजारमा उपलब्ध भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सुजुकीले उत्पादन गरेको भिक्टोरिसको टप भेरियन्टमा लेभल २ एडास फिचर रहेको छ ।भारतमा बिक्री हुँदै आएको एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend