२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौंः सिटौला


सञ्चार डबली
  • सोमबार, पुस २१ २०८२
  • 4.0K
    SHARES

  • images
    राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौंः सिटौला

    काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसले चुनावी तालमेल गर्ने बताएका छन्। 

    सोमवार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताएका हुन् । प्रतिनिधि सभाको निर्वाचनमा भने काँग्रेस एक्लै आफ्ना एजेण्डाहरु लिएर जनतामाझ जाने बताएका छन् । उनले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताएका छन् ।
     
    उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन । त्यसैले राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल हुन्छ । यसलाई गठबन्धन मानिँदैन । तर प्रतिनिधि सभाको निर्वाचनमा जाँदा नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा जाने महासमितिको निर्णय छ । आम निर्वाचन भनेको पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम हो । त्यसैले काँग्रेस आफ्नो विचार लिएर जनताको माझमा जान्छ ।’

    नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताएका छन्। उनले केन्द्रिय कार्य सम्पादन समितिको निर्णय सबै नेताहरुले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताएका छन् ।

    निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । अहिले आन्तरिम प्रतिष्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिष्पर्धाको कलहबारे आफूहरु शतर्क रहेको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend