२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न, १ अर्ब रुपैयाँ नगद लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • शनिबार, पुस १९ २०८२
  • 5.0K
    SHARES

  • images
    सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न, १ अर्ब रुपैयाँ नगद लाभांश प्रस्ताव पारित

    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो नवौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार सभा काठमाडौँको नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा सम्पन्न भएको हो ।

    सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।

    त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । 

    वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

    सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ ।

    सिटिजन लाइफ इन्स्योरेन्सले समयमै साधारण सभा सम्पन्न गरी लाभांश वितरणसमेत गरेर शेयरधनीप्रतिको पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend