२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित, अन्य पदाधिकारीमामा कोको आए ?


सञ्चार डबली
  • शुक्रबार, पुस १८ २०८२
  • 4.5K
    SHARES

  • images
    नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित, अन्य पदाधिकारीमामा कोको आए ?

    काठमाडौँ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। बिहीबार सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो।

    निर्वाचन अधिकृत कार्यालयबाट प्रकाशित कार्यतालिका अनुसार अध्यक्ष पदमा १, प्रदेश सदस्यतर्फ ७ तथा साधारण सदस्यतर्फ १८ उम्मेदवारी दर्ता भएको थियो। साधारण सदस्यतर्फ दीपककुमार अग्रवालले उम्मेदवारी फिर्ता लिएपछि अन्ततः १७ सदस्य निर्विरोध निर्वाचित भएका हुन्। नाडा स्रोतका अनुसार अग्रवाललाई पछि मनोनित गरी कार्यसमितिमा समेट्ने सहमति भएको छ।

    व्यक्तिगततर्फ निर्वाचित सदस्यहरूमा विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी रहेका छन्।

    संस्थागततर्फ मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनबाट डिल्लीराज आचार्य, जानकी अटोमोबाइल्सबाट केदारकुमार अग्रवाल, हेटौँडा अटोमोबाइल्सबाट दामोदरप्रसाद अटल, पश्चिमाञ्चलबाट दीपेन्द्र कोइराला, लुम्बिनीबाट गणेशप्रसाद भट्टराई, कर्णालीबाट भद्र भण्डारी तथा सुदूरपश्चिमबाट पुस्करराज ओझा चयन भएका छन्।

    नाडाको विधान अनुसार २९ सदस्यीय कार्यसमितिमा २५ जना निर्विरोध चयन भएका छन्। निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ भने बाँकी तीन सदस्य मनोनित गरिनेछन्।

    नाडाको ४९औँ वार्षिक साधारण सभा गत पुस ९ गते सम्पन्न भएको थियो। निर्वाचन कार्यतालिका बिना साधारण सभा बोलाइएको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचन गर्न निर्देशन दिएपछि नाडाले पुस २५ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर सबै पदमा सर्वसम्मत चयन भएसँगै अब मतदान आवश्यक नपर्ने भएको छ।

    नाडाले आफ्नो निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन अधिकृतको कार्यतालिकाअनुसार पूर्ण रूपमा कानुनसम्मत, पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न भएको स्पष्ट पारेको छ।

    प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले पुस २५ गते तय गरिएको मतदान कार्यक्रम रद्द गरिएको र सोही मितिमा निर्वाचन परिणाम औपचारिक रूपमा घोषणा गरिएकाे नाडाले जनाएको छ।

    नाडाले यस प्रक्रियालाई संस्थागत लोकतान्त्रिक अभ्यास, एकता र सहकार्यको सकारात्मक निरन्तरताको रूपमा व्याख्या गर्दै सम्पूर्ण सदस्यहरूको सहयोग, विश्वास र संयमताप्रति धन्यवाद व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend