२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भारदह, सप्तरीमा नयाँ शोरूम उद्घाटनसँगै पूर्वी नेपालमा कजारियाको उपस्थिती विस्तार


सञ्चार डबली
  • बुधबार, पुस १६ २०८२
  • 3.1K
    SHARES

  • भारदह, सप्तरीमा नयाँ शोरूम उद्घाटनसँगै पूर्वी नेपालमा कजारियाको उपस्थिती विस्तार

    सप्तरी । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको  भारदहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ। यही पौष १४ गते सोमबार बिहान ११ः३० बजे सम्पन्न उक्त शोरूम उद्घाटन त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालनमा ल्याइएको हो। यस शोरूमले यस क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै परिष्कृत, अन्तरक्रियात्मक तथा विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

    त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर श्री सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथिहरू, व्यवसायिक साझेदारहरू तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिका साथ उद्घाटन समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो। श्री नायकले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गर्नुभएको थियो, जसले नेपालभर विस्तार हुँदै गएको कजारियाको खुद्रा सञ्जालमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।

    अवसरमा आफ्नो धारणा व्यक्त गर्दै त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले भन्नुभयो,

     “गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यस शोरूममार्फत भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूले सजिलै प्रिमियम टायलहरू प्राप्त गर्न सक्नुहुनेछ, जसले सुन्दर र दीगो संरचना निर्माणमा सहयोग पु¥याउनेछ।”

    सप्तरीको भारदहमा सुविधाजनक स्थानमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ, जुन आवासीय तथा व्यावसायिक दुवै प्रकारका आन्तरिक आवश्यकतालाई ध्यानमा राखी चयन गरिएको हो। यस शोरूमले ग्राहकहरूलाई केवल उत्पादन मात्र नभई सम्पूर्ण डिजाइन तथा छनोटको उत्कृष्ट अनुभव प्रदान गर्ने कजारियाको प्रतिबद्धता झल्काउँछ।

    कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। अत्याधुनिक प्रविधियुक्त यस उत्पादन केन्द्रले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्दछ। ३,००० भन्दा बढी डिजाइन विकल्पहरू सहित कजारियाले सौन्दर्य, मजबुती र दीगो प्रदर्शनलाई समेट्ने टायलमार्फत आन्तरिक सजावटलाई नयाँ आयाम दिँदै आएको छ।

    हाल नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी अधिकृत डिलरहरू मार्फत सञ्चालन भइरहेको कजारिया नेपाली घर–घरमा विश्वासको नाम बनेको छ। यसको उत्पादन दायरामा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५ x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४० से.मी.) तथा सिरेमिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) पर्दछन्, जुन सबै पानी प्रतिरोधी, दाग नलाग्ने, टिकाउ तथा आकर्षक डिजाइनयुक्त छन्।

    भारदह, सप्तरीमा नयाँ शोरूमको उद्घाटनसँगै कजारियाले नेपालका प्रत्येक क्षेत्रमा विश्वस्तरीय र प्रिमियम टायल सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ, जसले नेपाली टायल उद्योगमा यसको अग्रणी स्थानलाई अझ सुदृढ बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend