२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल


सञ्चार डबली
  • मंगलबार, पुस १५ २०८२
  • 4.9K
    SHARES

  • images
    नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गरेका छन् । उनले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताएका छन् । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताएका छन् । 

    उनले भने, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन । यस अर्थमा पनि जसरी ठाउँ ठाउँका जनताले उहाँलाई अत्यन्त उत्साहपूर्ण ढंगले स्वागत र सम्मान गरेका छन् ।’

    सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend