२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की


सञ्चार डबली
  • मंगलबार, पुस १५ २०८२
  • 4.6K
    SHARES

  • images
    युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

    काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताएकि छिन् । तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन्। 

    उनले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्लेख गरिन् । उनले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताइन्। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको बताइन् ।

    राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको बताइन्। 

    उनले भनिन्, ‘पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ । त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ । राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएका छन् । यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेका छौँ । हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन ।’

    प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend