२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

काँग्रेस निर्वाचनबाट भाग्दैन बरु हार्न तयार छः कोईराला


सञ्चार डबली
  • मंगलबार, पुस १५ २०८२
  • 6.1K
    SHARES

  • images
    काँग्रेस निर्वाचनबाट भाग्दैन बरु हार्न तयार छः कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलवार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन् । 

    सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको सूचि बुझाइसके पनि शान्ति-सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ । उनले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

    उनले निर्वाचनमा शान्ति-सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताएका छन् । सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । 

    उनले भने, ‘सबै राजनीतिक दलहरुले समानुपातिकको सूचि पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन रु भन्ने प्रश्न चाहीँ अहं प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुप¥यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend