२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत


सञ्चार डबली
  • मंगलबार, पुस १५ २०८२
  • 4.6K
    SHARES

  • नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत

    काठमाडौं ।  ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना ईकाइहरू बिक्रीमा ल्याउने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजनाले नेपाल धितोपत्र बोर्ड​ (सेबोन)बाट स्वीकृति समेत पाइसकेको छ ।​

    सेबोनले यही पुस १३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको १६ करोड ईकाइले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फन्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो । यसको अवधि १० वर्षको रहेको कम्पनीले जनाएको छ । निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धनका लागि रेटिङ्ग एए– प्राप्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend