२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो होः शिक्षामन्त्री पुन


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 5.4K
    SHARES

  • images
    नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो होः शिक्षामन्त्री पुन

    अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताउनुभएको छ ।

    बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताउनु भयो । प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताउनु भयो । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभूवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो । नेपालको मात्र होइन विश्वको समृद्धिको साँचो हो । त्यहाँका र हाम्रा युवाहरुको हातमा छ । जसले हाम्रो प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राखेका छन् । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर पुग्दैन । त्रिभूवन विश्वविद्यालयमा हामीले देखेका छौँ, व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ । दुर्भाग्यवश हाम्रो त्रिभूवन विश्वविद्यालयभित्र रहेको चार वटा अनुसन्धान केन्द्रहरु अपांग भएको स्थितिमा छ । यसलाई सकेसम्म अघि बढाउन प्रयत्न गर्नुपर्दछ ।’

    मन्त्री पुनले अनुसन्धान केन्द्रहरु भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend