२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बदनियतपूर्वक भ्रम फैलाइएको द ब्रिटिश कलेजद्वारा खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट


सञ्चार डबली
  • बुधबार, पुस ९ २०८२
  • 5.5K
    SHARES

  • images
    बदनियतपूर्वक भ्रम फैलाइएको द ब्रिटिश कलेजद्वारा खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट

    काठमाडौँ। द ब्रिटिश कलेज, काठमाडौँले सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत कलेज विरुद्ध फैलाइएका भ्रामक, तथ्यहीन र बदनियतपूर्ण आरोपहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यथार्थपरक तथ्य सार्वजनिक गरेको छ।

    कलेजले आफू नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन भइरहेको प्रतिष्ठित शैक्षिक संस्था भएको र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक सहकार्यमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्पष्ट गरेको छ।

    कलेजले दुबईस्थित द वुलविच इन्स्टिच्युट (TWI) संयुक्त अरब इमिरेट्सको कानुन अनुसार स्वीकृत स्वतन्त्र शैक्षिक संस्था भएको र हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सेवा दिइरहेको जानकारी दिएको छ।

    Hospitality Management (HM) Foundation कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा Higher National Diploma (HND)अध्ययनको अवसर प्रदान गरिएको र HND पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक योग्यता, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार दुबई, बेलायत वा अष्ट्रेलियास्थित साझेदार संस्थामा Top-Up Bachelor’s अध्ययन गर्न सक्ने व्यवस्था रहेको कलेजले जनाएको छ।

    इन्टर्नशिपका विषयमा कलेजले स्पष्ट पार्दै विद्यार्थीहरूलाई अवसर उपलब्ध गराइने भए पनि इन्टर्नशिप ग्यारेन्टी नभएको कुरा भर्ना प्रक्रियामै जानकारी गराइने गरेको बताएको छ।

    दुबई जाने विद्यार्थीहरूको प्रारम्भिक बसोबासका लागि तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था गरिएको र त्यसपछि दीर्घकालीन आवास विद्यार्थीले स्वयं व्यवस्था गर्नुपर्ने विषय सम्झौतामै उल्लेख रहेको कलेजको भनाइ छ। विद्यार्थीहरूलाई बेवास्ता गरिएको वा अलपत्र पारिएको भन्ने आरोप पूर्णतः असत्य रहेको कलेजले दाबी गरेको छ।

    कलेजका अनुसार Hospitality Management का करिब ५१ विद्यार्थीमध्ये ९ जना व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि कलेजले विद्यार्थी र अभिभावक सँग औपचारिक परामर्श प्रक्रिया अघि बढाएको र छलफल सकारात्मक वातावरणमा सम्पन्न भएको जनाएको छ।

    कलेजले केही समूहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै अनधिकृत भिडियो, भ्रामक सामग्री तथा आरोपहरू फैलाएको, कलेज परिसरमा अवरोध सिर्जना गरेको र शैक्षिक गतिविधिमा असर पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ। कलेजका अनुसार समस्या समाधानका लागि पटक–पटक औपचारिक संवादको प्रयास गरिए पनि त्यसमा सहभागिता नभएपछि सुरक्षा सुनिश्चित गर्न सुरक्षानिकायको सहयोग लिनुपरेको हो।

    मानव तस्करी वा शोषण सम्बन्धी आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै कलेजले ती आरोपहरू आधारहीन, असत्य र मानहानीपूर्ण भएको स्पष्ट गरेको छ।

    द ब्रिटिश कलेजले विद्यार्थीको हित, सुरक्षा र समग्र विकासलाई सर्वोच्च प्राथमिकता दिँदै सुरक्षित, सम्मान जनक र सहयोगी शैक्षिक वातावरण प्रति प्रतिबद्ध रहेको जनाएको छ।

    हाल कलेजका सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षा निर्धारित शैक्षिक क्यालेन्डरअनुसार नै हुने कलेजले स्पष्ट पारेको छ।

    कलेजले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै गुणस्तरीय शिक्षा र दीर्घकालीन शैक्षिक हितप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।स्रोतः द ब्रिटिश कलेज

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend